राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं: पूर्व मुख्यमन्त्री अधिकारी

पाेखरा | असार २, २०८१

राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं: पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा:  नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।

 

शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।


विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो ।

 

त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप (पिपीपी) मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।

 

विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उहाँले थप्नुभयो ।

 

नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गर्नुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्